Logo

रसुवामा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु



Spread the love

 

२१ जेठ, रसुवा ।
स्याँफ्रुबेसी सडकखण्डमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भने तीन जना बेपत्ता र पाँच जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्वु तामाङ, ३२ वर्षीया साइली घले र ३५ वर्षीया मिन्दो घले रहेका छन् । उनीहरु २ जनाको घटनास्थलमा मृत्यु भएको हो भने १ जनाको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पोखराबाट रसुवाको गोल्जुङतर्फ आउँदै गरेको बा१०च ५८२० नं को टाटासुमो मैलुङ–स्याँफ्रुबेसी सडकखण्डको कालिका र गोशाइँकुण्ड गाउँपालिकाको सीमा क्षेत्रमा दुर्घटना भई करिब एक सय मिटर तल त्रिशूली नदीमा खस्दा उक्त दुर्घटना हुन गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएको छ ।

गम्भीर घाइतेमा चालक आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय निमा तामाङ, ३५ वर्षीया जौरानी घले, २९ वर्षीय योङजुङ तामाङ, पाँच वर्षीया फुर्वु याङजेन तामाङ र तीन वर्षीय निम छेवाङ तामाङ रहेका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौँ लगिएको त्रिशुली अस्पतालले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक भागेन्द्रपुरूष ढकालको नेतृत्वमा घटनास्थल गएको प्रहरी टोलीले उक्त वेपत्ता रहेको आमाछोदिङ्मो–४ का पासाङदे घले, कामी याङ्जेन घले रलेताङ घलेको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्