२१ जेठ, धादिङ । प्रहरीले धादिङ निलकण्ठ नगरपालिका-१४ आमबोटेबाट हतियार प्रहार गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बलराम ओस्ती रहेका छन् । प्रहरी चौकी धुंवाकोटबाट खटिएको प्रहरीले ओस्तीले आफनै १९ वर्षीया छोरी सुनिता ओस्तीलाई खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ पक्राउ गरेको हो ।
घाइते सुनितालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पालेबन लगिएको र अहिले थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं रिफर गरिएको प्रहरीले जानकारी दिइएको छ ।
साथै उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्