२१ जेठ, काठमाडौं । च्याम्पियन्स लिगमा क्याटलान क्लब बार्सिलोनाका सुपर स्टार लियोनल मेसीले युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डाको दबदबालाई तोडेका छन् ।यो वर्ष रोनाल्डोको दबाबलाई मेसीले तोड्दै च्याम्पियन्स लिगको गोल्डेन बुट समेत हासिल गरे ।
युरोपियन च्याम्पियन्स लिगमा ३१ वर्षे मेसीले १२ गोल गर्दै आफुलाई अब्बल साबित गर्दै लगातार छैटौ पटक गोल्डेन बुट हात पार्दै रोनाल्डोको बर्चस्व यो सिजनका लागि समाप्त पारेका छन् । यो वर्षको गोल्डेन बुट अर्जेन्टिनाका कप्तान मेसीको लागि वर्षको तेस्रो अवार्ड हो । उनले यसअघि युरोपियन गोल्डेन सु र पिचिची ट्रफी हात पारेका थिए ।
रोनाल्डो सिजनको सुरुवातमा युभेन्ट्स पुगेको थियो । उनी पहिलो वर्ष नै सिरिएको उत्कृष्ट खेलाडी चुनिएका थिए । यद्दपी विगतका वर्षहरुमा भन्दा यस सिजनमा उनको गोल संख्या निक्कै कम छ । यो सिजन उनले ४३ खेलमा २८ गोल मात्र गरेका थिए ।
रोनाल्डोले पाँच र मेसी पाँच गरि बालोन डी ओर १० पटक जितेका छन् ।फेरि एक बालोन डी ओरका लागि यी दुई बीच पुन पतिस्पर्धा गर्दैछ ।रोनाल्डो र मेसी बाहेक लिभरपुलका मोहम्मद सलाह र साडियो मानेलाई पनि बालोन डी ओरको दाबेदारका रुपमा हेरिएको छ ।