त्यस्तै हरिकुमार रिमालले उक्त दूरी चार घण्टा १४ मिनेट ४० सेकेन्डमा पार गर्दै द्वितीय स्थान हासिल गर्नुभएको छ । त्यस्तै गोपाल तामाङले चार घण्टा २२ मिनेट २९ सेकेण्डमा उक्त दूरी पार गरी तेस्रो बन्नुभएको छ ।
समुद्री सतहबाट चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट शुरु म्याराथन माछापुच्छे« आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाडापानी र भैँसीखर्क हुँदै घान्द्रुकमा समापन भएको हो ।
म्याराथनमा प्रथम हुने धावकले रु एक लाख पाँच हजार, दोस्रोले ७५ हजार र तेस्रो हुनेले रु ५५ हजार नगद प्रमाणपत्र प्राप्त गर्नेछन् । धावकलाई युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुहुनेछ । (तस्बीर उपलब्ध)
––– रासस
प्रतिक्रिया दिनुहोस्