१९ जेठ, पर्सा । प्रहरीले बीरगंज महानगरपालिका-२ छप्कैयाबाट भन्सार छली ल्याउँदै गरेको कपडाहरु सहित १ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बीरगंज महानगरपालिका-१ बस्ने ५० वर्षीय नवल किशोर दास रहेका छन् ।
बीरगंज महानगरपालिका-२ छप्कैयाबाट भन्सार छली गर्दै ल्याउँदै गरेको साडी ४६ थान र थानको कपडा ८ थान सहित दासलाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त नियन्त्रणमा लिइएका कपडाहरु सहित उनलाई थप आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्