१९ जेठ, दमाैली – रोट्र्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा १६ औं स्व. सचिनकुमार श्रेष्ठको स्मृति खुल्ला म्याराथन दौड २०७६ मा प्रथम विजेता व्यास ७ का सुरेन्द्र चापागाई भएका छन् । उनले अनसन चौतारीबाट घाँसीकुवा र घाँसीकुवाबाट फेरि अनसन चौतारीमा आईपुग्नको लागि ३२ मिनेट २४ सेकेन्ड लगाएका थिए ।
त्यस्तै द्धितिय स्थान हासिल गर्ने भानु १२ का अनिल माझकोटीले ३३ मिनेट १० सेकेन्ड, तृतिय स्थान हासिल गर्ने अरुण कार्कीले ३३ मिनेट ३६ सेकेन्ड लगाएका थिए । सान्तोना हुने बाल धावक समिर श्रेष्ठले ४९ मिनेट एक सेकेन्ड र महिला नम्रता गुरुङले ५१ मिनेट तीन सेकेन्ड लगाएका हुन् । प्रतियोगितामा विजेता हुने प्रथम, द्धितिय, तितृय र सान्तोना दुई जना लाई क्रमशः आठ हजार पाँच सय, पाँच हजार पाँच सय, तीन हजार पाँच सय र एक÷एक हजार प्रदान गरिएको हो ।
विजेताहरुलाई प्रमाणपत्रसहित पुरस्कृति गरिएको हो । प्रतियोगिताको उद्घाटन व्यास नगरपालिकाको प्रवक्ता मोहनकुमार श्रेष्ठले गरे । उनले मानव जीवनमा शारीरिक सन्तुलनको लागि दौड आवश्यक रहेको बताए । प्रतियोगितामा तनहुँका विभिन्न विद्यालय देखि क्लब संस्थाका युवा तथा युवतीहरु गरि ५८ जनाको सहभागिता रहेको थियो ।
संस्थाका स्व. सचिनको नाँउमा प्रत्येक वर्ष प्रतियोगिता गदैंं आएको आयोजकको भनाई छ । सचिनको नाँउमा वर्ष पिच्छे बृह्त रक्तदान कार्यक्रम र आदीकवि भानुभक्त क्याम्पसमा स्नाकतहमा अध्ययन गर्नेहरुको लागि पनि छात्रावृत्तिको व्यवस्था पनि गराईएको संस्थाका अध्यक्ष विपिन श्रेष्ठले बताए ।
नगरपालिका भित्र रहेको खेलाडीहरुको क्षमता प्रस्पोटन सघैं शारिरीक व्यायम र संस्थाका स्व. सचिनको स्मृतिको लागि प्रतियोगिता गरिएको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।