“ मिडियाहरु सबै खत्तम छन्¸ केही लेख्ने राजनीतिक समाचार नभएपछी चिकित्सक पेशामा खनिएका यि पत्रकारहरु । चिकित्सकले गरेका राम्रो काम कहिल्यै छाप्दैनन् तर सानो गल्तिलाई ठूलो समाचार बनाउँछन् ।“ मेरो छेउपट्टी सँगै माइक्रोमा बसेका एकजना युवक यस्तै आक्रोश पोख्दै थिए फोनमार्फत आफ्नो साथिसँग । उनका सिलसिलेवार कुराहरुले सायद उनि पेशामा डाक्टर नै थिए भन्नेकुराको आभास मिलिरहेको थियो। विहान सरासर अफिस पुग्नसाथ टेवल माथि रहेका पत्रपत्रिकाहरु केलाउने क्रममा दुईवटा समाचार माथी मेरो ध्यान केन्द्रित रहन पुग्यो । पहिलो चिकित्सा शास्त्रको स्नातकोत्तर (एमडीएमइस ) तहको परीक्षामा व्लुतुथ बाट चीट चोरी गर्ने दुई चिकित्सक पक्राउ ।दोस्रो मुस्ताङ्गको कागवेनीमा बस दुर्घटनामा परेर गम्भिर घाईते भएका १४ जनालाई सेनाको हेलीकप्टरवाट पोखराको मणीपाल अस्पतालमा ल्याउँदा आन्दोलनमा रहेको कारण देखाई घाईतेहरुलाई डाक्टरहरुले आपतकालीन उपचार दिन मानेनन् । मेरो मानसपटल माइक्रोमा सवार ती युवकको असन्तुष्टीका छनकहरु सायद प्रकासित भएका यिनै समाचार प्रति नै थियो कि भन्ने कुरामा विश्वस्त हुन लाग्यो ।
मलाई प्रथम समाचार भन्दा पनि वढी दोस्रो समाचार जुन एउटा व्यक्तिको जीवन मरणसँग प्रत्यक्ष सरोकार भएको अत्यन्तै संवेदनसिल विषयवस्तु जसले निकै नै मर्माहित बनायो । जहाँ डाक्टरहरु ति गम्भिर घाईतेहरु हेलिकप्टरवाट आपतकालीन उचारको निमित्त ल्याइरहेको अवस्थामा उपचार गर्दैनौ भनेर मानविय संवेदनशिलता आफ्नो पेशागत आचारण र नैतिकतालाई पूर्ण रुपमा वेवास्ता गर्दैगर्दा जहाँ उनिहरु आफ्नो आन्दोलन अझ सशक्त र आफूहरु अझ झन् वलिया भएको प्रमाणीत गर्न खोज्दै थिए । तर मलाई भने ती डाक्टरहरु यमराज भन्दा पनि वढी क्रुर रहेछन् भन्ने भान परिरहेको थियो ।
नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्वन्धी हक रहेको छ । जसको उपधारा १ मा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चिच गरिने छैन भनेर यसरी संविधानमा नै स्पषटसँग व्यवस्था भएको आकस्मिक स्वास्थ्य उपचार पाउने हकवाट वन्चित गर्नु भनेको जनताको मौलिक हकको हनन हुनु हो ।संविधानमा व्यवस्थित मौलिक हकलगायतका अधिकारहरूको प्रतिबिम्ब हरेक नागरिकको मुहारमा देखिएको हुनुपर्छ ।सुन्दर वाक्यमा संविधानमा राखिएका प्रावधानहरूको उपभोग नागरिकले गर्न नपाउने हो भने त्यसको औचित्य र सार्थकता रहन सक्दैन । संविधानको सफलता र प्रभावकारिता भनेकै यसमा व्यवस्थित बिषयहरू आमजनताले अनुभूत हुने गरी प्राप्त गर्ने सुनिश्चितता नै हो ।
नेपालमा सन् २०१५ सम्ममा नेपाल मेडिकल काउन्सीलमा दर्ता भएका डाक्टरहरुलाई हेर्ने हो भने नेपालको कुल जनसंख्याको १.१७२४ प्रतिशत डाक्टरको संख्या हुन आउँछ । जनशक्तिका हिसाबले स्वास्थ्य मन्त्रालय सबैभन्दा ठूलो मन्त्रालय हो । यस मन्त्रालयमा सेवारत प्राविधिक कर्मचारीहरू नेपाल स्वास्थ्य सेवा ऐन २०५३ अनुरूप सञ्चालित छन् । वृत्ति विकासको दृष्टिले यो ऐन निजामती सेवा ऐन २०४९ भन्दा केही अग्रगामी नै छ ।
नम्वर र पैसाको आधार मात्रलाई हाल चिकत्सक वन्ने मापदण्डको कसी वनाईएको छ । चिकत्सकिय पेशा अपनाउन योग्य नभएका जमात पनि यो पेशा लिएर डाक्टर वनिरहेका छन् । नेपाली परिप्रेक्ष्मा असल चिकित्सक वन्न केके गुण चाहिन्छ त भनी सोचेर ति गुणहरुलाई अन्तर मनले ग्रहण गरि व्यवहारमा पालन गर्न सक्षम व्यक्तिलाई मात्र यो पेशामा प्रोत्साहन गरिनु श्रेयकर हुन जान्छ । चिकित्सक बन्न चाहनेको स्वभाव उसको धैर्यता मानविय गुण उसको चाहनालाई परिक्षण गर्ने कुनै प्रणालीको व्यवस्था नहुँदा गलत मान्छेहरु यस्तो संवेदनशिल पेशामा छिरीरहेका हुन्छन् । असल चिकित्सक बन्ने सपना बोकेकाले आर्थिक स्थितिमा तडकभडक नहुनुलाई आफ्नो प्रगति नभएको साथै उनिहरु आफ्नो सफलता को मापक केवल आर्थिक र भौतिक प्रगतिलाई मात्र ठानेको देखिन्छ । वास्तमा कुनै डीग्री हासिल गरेर त्यस विषयअनुसार पेशागत मर्यादा र आचारण पालन गर्ने व्यक्ति मात्र सफल व्यावसायिक व्यक्ति हो र मेरो वुझाई पनि यसैमा रहेको छ ।अरु व्यवसायमा व्यवसायिक आचारण र मूल्य मान्यताको महत्व कम हुन्छन भन्ने खोजेको पटक्कै होइन ।उदाहरणको लागी वन्दिप्रत्यक्षीकरणको मुद्दा लिएर कुनै व्यक्ति दशैको टीकाको दिन अदालतमा आउँछ भने त्यसउपर सुनुवाई हुनुपर्छ ।दशैंको टीका छ भनेर जिम्मेवार व्यक्ति त्यसवाट उम्कन सक्दैन । जुनसुकै प्रकारको कानुनविपरीतको वैयक्तिक स्वतन्त्रताको नियन्त्रण र संकुचन गरी बन्दीसरहको अवस्थामा विनाकारण एकदिन पनि रहनु हुँदैन भन्नु नै यसको मान्यता हो ।
मणिपालमा अस्पतालमा रहेका आन्दोलनरत डाक्टरका मागहरु शतप्रशत नै जाहेज होलान्¸ सरोकारवाला निकायले ति मागहरुको सम्वोधन बेलामा गर्न नसक्दा डाक्टरहरु मर्कामा परेका होलान् त्यो आफ्नै ठाउँमा छ । तर विश्वमा नै सम्मानका साथ हेरीने पेशामा जसलाई जिउँदो भगवान् सँग तुलना गरेर आकस्मिक सेवा लिन पुगेका ति शक्त घाईतेहरुको उपचार नदिई सोझै फिर्ता गर्नु भनेको आफ्नो पेशागत धर्म¸ आचारण¸ मर्यादा र मानविय संवेदनसिलता माथिको प्रश्न मात्र हैन यतिवेला यहाँ त सोझै संवैधानिक तथा कानुनी दायित्व पनि उल्लंघन भएको छ । जबसम्म मेडिकल काउन्सिलले जनतालाई त्यस्ता अवस्थाहरुमा हाम्रो निकायमा उजुरी गर्नुहोस् हामी छानविन गरेर सत्य तथ्य प्रकाशमा ल्याउँछौ भन्दैन जवसम्म हरेक अस्पतालमा यस्ता पेशागत मर्यादा र आचारणका लापर्वाहिको उजुरीहरु नियमित छानविन गर्ने प्रकिया सुरु गर्दैन तबसम्म माइक्रोबसमा रहेका ती व्यक्तिले जस्तै डा.एक अर्कालाई वचाउन ढाकछोप गर्नतिर लाग्छन् भन्ने कुरामा सदैव शंका गर्ने ठाउँ
रहनेछ ।