Logo

अग्नि पीडितलाई आर्थिक सहयोग   



Spread the love

१८ जेठ, वालिङ। घर जलेर गोठमा बस्दै आउनुभएका यहाँका अग्नि पीडित एक परिवारलाई तीन लाख आर्थिक सहयोग प्रदान गरिएको छ । वालिङ नगरपालिका ३ घर भई युके र हङकङमा बस्नेहरुले अग्नि पीडित वालिङ ३ माझकोटका दिमबहादुर गुरुङलाई सो रकम हस्तान्तरण गरिएको हो ।

रोजगारीको सिलसिलामा युकेमा बस्दै आउनुभएका माझकोटका खुमबहादुर गुरुङ र हङकङमा बस्दै आउनुभएका मुकबहादुर गुरुङको पहलमा सङकलन भएको रु तीन लाख १२ हजार वालिङ नगरपालिकाका नगरप्रमुख दिलीपप्रताप खाँणले अग्नि पीडितलाई हस्तान्तरण गर्नुभएको हो ।

युकेमा २२ जनाबाट दुई लाख र हङकङमा एक लाख १२ हजार संकलन भएको रकम युकेमा बस्दै आउनुभएका फत्तबहादुर गुरुङमार्फत उपलब्ध गराइएको थियो । विदेशमा रोजगारीमा रहेर पनि आफ्ना गाउँ ठाउँमा समस्या परेका बेला सहयोग गर्ने सहयोगीहरुलाई नगरप्रमुख खाँणले धन्यवाद व्यक्त गर्दै घरबास गुमाएको परिवारलाई ठूलो राहत मिलेको बताउनुभयो ।
–––  रासस

प्रतिक्रिया दिनुहोस्