१८ जेठ, काठमाडौँ । विश्वका सर्वोत्कृष्ट खेलाडीमध्यमा ब्राजिलियन फरवार्ड रोनाल्डो नाजारियो पनि एक हुन् । राष्ट्रिय टोलीबाट विश्वकप जितेका उनले क्लब फुटबलमा आफ्नो प्रभाव जमाउँदै ब्यालोन डी’ओर पनि हात पारे ।
स्पेनिस संचारमाध्यम एएसलाई अन्तर्वार्ता दिदा रोनाल्डोले वर्तमान फुटबलका ५ सुपरस्टार खेलाडीको नाम लिने क्रममा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई भने आफ्नो सुचिमा अटाएका छैनन् ।
उनको अनुसार हाल विश्वका उत्कृष्ट पाँच खेलाडीमा लिओनेल मेसी, इडेन हाजार्ड, मोहमद सलाह, नेयमार र किलियन एम्बाप्पे रहेका छन्।
‘सर्वोत्कृष्ट खेलाडी त मेसी नै हुन् । उनी नम्बर १ नहुनेमा दुइमत नै छैन । मेसीजस्तो खेलाडी २०-३० वर्षको अन्तरमा एकजना मात्र देख्न पाइन्छ,’ उनले थपे, ‘ त्यसपछि सलाह, हाजार्ड, नेयमार अनि त्यसपछि मलाई निकै मन परेको एम्बाप्पे हुन् ।’
एम्बाप्पेलाई रोनाल्डोले आफ्नो जमानाका खेलाडीबाहेक अन्यसँग दाँज्नु नहुने पनि उनले बताए । ‘एमबाप्पे र मेरो खेल्ने शैली उस्तै छ भन्नु ठिक हो । तर दुइ फरक समयमा खेल्ने खेलाडीलाई दाँज्नु हुँदैन । खेल्ने स्तर र शैली नै धेरै फरक भैसकेको छ,’ रोनाल्डोले थपे ।