१७ जेठ,पर्वत l गत बिहीबार दक्षिण पर्वतको विहादी गाउँपालिकामा ७ वर्षीया बालिका बलात्कृत भएकी छिन् । ती बालिकालाई जिल्लाको पैयूँ गाउँपालिका–६ सरौँखोला घर भएका १९ वर्षीय सुरज परियारले बलात्कार गरेको हो l
घटनापछि भागेका सुरजलाई इलाका प्रहरी कार्यालयको टोलीले गत राति ८ बजे उरामबाट पक्राउ गरियो भने सोही बालिकालाई स्वास्थ्य परीक्षणका लागि पोखराको गण्डकी अञ्चल अस्पतालमा पठाइएको हुवास इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यले जानकारी दिएको छ l
उक्त पक्राउ परेका सुरजलाई थप अनुसन्धानका लागी सदरमुकामतर्फ ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामु अर्यालले बताएको छ l
प्रतिक्रिया दिनुहोस्