१७ जेठ, बर्दिया – बर्दियाको राजापुर नगरपालिका–९ चैनपुरबाट अवैध रुपमा काठ ओसारपसार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३१ वर्षीय लक्ष्मण थारु, २४ वर्षीय विनय थारु र २२ वर्षीय पहरु थारु रहेका छन् ।
उनीहरुलाई ४० क्युफिट सिसौको काठको गोलियासहित पक्राउ गरिएको हो । काठ ओसार पसारमा प्रयोग गरिएको डल्लप तथा भे ७ प ४६६४ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
यस्तै प्रहरीले भोगपुरस्थित मिल नजिक खेतमा लुकाई राखेको २८ क्युफिट सिसौको काठसमेत बरामद गरेको छ । पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्