१७ जेठ, मनाङ – मनाङको ङिस्याङ गाउँपालिका–४ पिसाङमा लेक लागेर एक महिलाको मृत्यु भएको छ । धादिङ घर भई विगत २८ वर्षदेखि लमजुङमा मजदुरी गर्दै आएकी ४५ वर्षीया सुकमाया तामाङको बुधबार राति लेक लागेर मृत्यु भएको हो ।
मस्र्याङ्दी गाउँपालिका–४ स्यागेमा मजदुरी गर्दै आएकी तामाङको यार्सागुम्बा सङ्कलकका लागि तरकारी बेच्न जाँदै गरेको अवस्थामा पिसाङमा लेक लागेर मृत्यु भएको हो । लेक लागेर बेहोस भएकी उनको लमजुङ सामुदायिक अस्पतालमा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको लमजुङका प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्