१६ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरीले रक्सौलबाट भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको कपडा लगायतका अन्य समानहरु बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका-१६ ईनर्वाबाट सशस्त्र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गुल्म हेड क्वाटर राजश्व तथा भन्सार गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भारत रक्सौलबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको एक लाख ३४ हजार ३१० रुपैयाँ बराबरको लत्ता कपडा, सीसी क्यामेरा तथा किराना समान बरामद गरेको हो ।
उक्त बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तिलकबहादुर खड्काले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्