Logo

सरकारले दियो पूर्वपश्चिम राजमार्ग विस्तार आयोजनालाई सबैभन्दा ठूलो बजेट



Spread the love

१६ जेठ काठमाडौँ  सरकारले पूर्वपश्चिम राजमार्ग विस्तारको लागि ठूलो पुँजीगत बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदमा हिजो भएको आगामी वर्षको बजेट प्रस्तुत गर्दै सरकारले उक्त राजमार्ग विस्तारलाई उच्च प्राथमिकता दिंदै १९ अर्ब १८ करोड बिनियोजन गरि जानकारी दिइएको हो ।

पूर्वपश्चिम राजमार्ग चार लेनको बनाउनका लागि यो वर्ष नारायणघाट देखि बुटल खण्ड र कमला देखि सप्तरीको कञ्चनपुरसम्मको खण्डमा काम शुरु हुने साथै यो राजमार्ग एक्स्प्रेस वेको रुपमा विस्तार हुने सडक विभागका महानिर्देशक केशब शर्माले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्