१६ जेठ, काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन सडक आजदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ।
सडक विभागको पुल योजनामध्ये क्षेत्र सेक्टर नम्बर २ चाकुपाट ललितपुरले निकालेको सूचनाअनुसार आजदेखि जेठ ३० गतेसम्म मुग्लिन सडक दैनिक ९ घण्टा बन्द हुने भएको छ ।
मुग्लिनबाट तनहुँ जोड्ने निर्माणाधीन नयाँ पुलको आर्क पुलको दुवैतर्फको सडकका माटो कटिङ र कालोपत्रेलगायत काम गर्नका लागि दिउँसो ४ घण्टा र राति ५ घण्टा सडक बन्द गर्न लागिएको हो ।
यो सडकखण्ड दैनिक ९ घण्टा बन्द हुँदा पोखरा, गोरखालगायत गण्डकी प्रदेशमा ओहोरदोहोर गर्ने यात्रुलाई समस्या भए पनि नारायणगढ–मुग्लिन सडकखण्डमा भने यसको असर नपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जानकारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्