१६ जेठ, विर्तामोड ।
यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा दुई होटल सञ्चालकसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका सातै जनालाई आज जिल्ला अदालत झापामा म्याद थप गरी अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्