Logo

धादिङमा दुईवटा बस ठोक्किँदा , चालकको मृत्यु



Spread the love

१५ जेठ, धादिङ ।  धादिङ – धादिङको थाक्रे गाउँपालिका–१, खयरघारीमा दुईवटा बस ठोक्किँदा एक जनाको मृत्यु
भएको छ ।

सुनौलीबाट काठमाण्डौ आइरहेको बा १ प १३६३ नम्बरको पर्यटक बोकेको बस र काठमाण्डौबाट गल्छी हुँदै रसुवा जाँदै गरेको ना ५ ख ८०६८ नम्बरको बस एकआपसमा ठोक्किँदा पर्यटक बोकेको बस महेश खोलामा खसेको हो ।

उक्त दुर्घटनामा परि बा १ प १३६३ नम्बर बसका चालकको ज्यान गएको र घाइतेहरुको उद्धार गरी नजिकका अस्पतालमा उपचार भैरहेको धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्