१५ जेठ, हुम्ला । रसुवा केरुङ नाका हुँदै मानसरोवर कैलाश दर्शन गरी फर्कने क्रममा १ भारतीय नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत तामिलनाडुका ६३ वर्षीय रपुनाथ भेलु रहेका छन् ।
उनको मानसरोवर कैलाश दर्शन गरी फर्कने क्रममा हुम्लाको हिल्सा नाकामा लेक लगेर मृत्यु भएको हो । भने भेलुको शव हुम्ला सदरमुकामस्थित सिमकोट अस्पतालमा राखिएको छ ।
प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरका अनुसार उनको दाहसंस्कार खार्पुनाथ दोभानमा गरिने छ ।
प्रतिक्रिया दिनुहोस्