१४ जेठ, सप्तरी । प्रहरीले वडा कार्यालयमा चोरी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ का २२ वर्षीय बुधन यादव रहेका छन् । इलाका प्रहरी कार्यालय पातोले यादवलाई डाकनेश्वरी नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयको झ्याल फोरेर दुई थान मोबाइल, एक थान ल्यापटप, एक थान एलइडी र शान्ति सुरक्षा भरपाइ पुस्तिका चोरी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई थप अनुसन्धान गरी कारवाही गरिने प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्