१४ जेठ, काठमाडौँ ।
किरातेश्वर संगीताश्रमका संस्थापक अध्यक्ष कृष्णप्रसाद घिमिरेको निधन भएको छ ।
२००६ सालमा जन्न्मिएका घिमिरे फोक्सोको क्यान्सरबाट पीडित थिए । उनको ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।
लामो समयदेखि नर्भिक अस्पतालमा उपचार गराउँदै आएका उनलाई थप उपचारका लागि केही दिनअघि मात्रै ह्याम्समा भर्ना गरिएको थियो । तबलावादक समेत रहेका उनको शास्त्रीय संगितमा ठूलो योगदान छ । स्वर्गीय घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । उनको २ श्रीमती, २ छोरा र १ छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्