Logo

किशोरीले झुण्डिएर गरिन् आत्महत्या



Spread the love

१४ जेठ, वीगरगञ्‍ज । वीगरगञ्‍जमा एक  किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ बस्ने १४ वर्षीय किशोरी निलम कुमारी साह रहेकी छिन् ।

निलम आफ्नै घरको सिलिङ पंखामा सलको पासो लगाइ झुन्डिएको अवस्थामा फेला परेकी हुन् । झुण्डिएको अवस्थामा निलमलाई उनका काकाले देखेपछि उपचारको लागि वीरगञ्ज हेल्थ केयरमा अस्पतालमा लागिएको थियो । तर उनको उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरीले बताएको छ ।

 उनको शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको र उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्