Logo

दैलेखमा बैङ्कका सुरक्षागार्डले गरे आत्महत्याका प्रयास



Spread the love

 

१४ जेठ, दैलेख l दैलेख जिल्ला सदरमुकाम स्थित मेगा बैङ्कमा कार्यरत सुरक्षागार्ड प्रमुखले आत्महत्या प्रयास गरेका छन् ।

सोही जिल्लाका नौमुले गाउँपालिका ६ मा बसोबास गर्ने ४७ वर्षीय हस्तबहादुर रानाले स्वयम् कै पेटमा खुकुरी हानेर आत्महत्याको प्रयास गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेम क्षत्रीका अनुसार रानाको मानसिक सन्तुलन ठिक नभएका कारण उनले आत्महत्या प्रयास गरेको हुन सक्ने बताइएको छ ।

उक्त गार्डले सुरक्षार्थका लागी भिरेको खुकुरीले पेटमा हानेर ३ इन्च गहिरो घाउ भए पश्चात् उपचारका लागि नेपालगञ्ज रिफर गरेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्