१४ जेठ, धरान । प्रहरीले श्रीमतीमाथि छुरा प्रहार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका –१३ जानकीचोकका ३२ वर्षीय चन्द्रबहादुर लिम्बु रहेका छन् ।
लिम्बुले मादक पदार्थ सेवन गरी धरायसी विवादको निहुँमा ३२ वर्षीया श्रीमती ललिता लिम्बुलाई छुरा प्रहार गरेका थिए । घाइते ललिताको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय धरान र अमरहाड प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले छुरासहित पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्