काठमाडौंका दुई स्थानमा सिलिन्डर बम विस्फोट भएको छ। अनामनगर र सुकेधारामा विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ। अहिलेसम्म अनामनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको बताइएको छ। घटनाको पुष्टि प्रहरीले गरेको छ। त्यसैगरी, सुकेधारामा दुईजनाको मृत्यु भएको छ। सिलिन्डर बम विस्फोट भएको र उक्त घटना भएको बताइएको छ।
काठमाडौंका दुई ठाउँमा भएका विस्फोटमा परेर घाइते भएकालाई त्रिवि शिक्षण अस्पताल र ओम अस्पताल लगिएको छ। विस्फोटमा परेर घाइते भएकालाई त्रिवि शिक्षण अस्पताल र ओम अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। बिस्पोट हुँदा अनामनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको हो भने सुकेधारमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।आइतबार ५ बजेतिर भएका विस्फोटमा तीन जनाको मृत्यु भइसकेको छ। थप विवरण आउन बाँकी रहेको छ।
प्रतिक्रिया दिनुहोस्