१२ जेठ, हेटौँडा । जिल्ला अदालत मकवानपुरले बलात्कार गरेको मुद्दामा नौ वर्ष छ महीना कैद गर्ने फैसला सुनाएको छ ।
गत भदौ ११ गते बाह्र वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा दोलखा घर भई हेटौँडा–२ मा डेरा गरी बस्ने प्रविण थापामगरलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।
दोषीबाट पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने आदेश पनि गरेको अदालत स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्