Logo

हेटौँडामा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनको पुनःनिर्माण शुरु



Spread the love

१२ जेठ, हेटौँडा । भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएका मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङ नौ खण्डेस्थित बागेश्वरी माध्यामिक विद्यालयको नयाँ भवनको निर्माण कार्य शुरु भएको छ ।

जापानी सहयोग नियोग जाइकाको रु आठ करोड ९२ लाखको आर्थिक सहयोगमा शुरु भएको सो भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न भवनमा २७ कोठा रहने छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रेखदेखमा एक वर्षभित्रमा निर्माण सम्पन्न हुने गरी कार्य अगाडि बढाएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । विद्यालयमा करीब ७०० विद्यार्थी अध्ययनरत छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्