Logo

विमानस्थलबाट भारतीय नक्कली नोट सहित छ जना पक्राउ



Spread the love

१० जेठ, काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नक्कली नोटसहित ६ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीनजना पाकिस्तानी र तीनजना नेपाल नागरिक रहेका छन् ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार कतार एरयवेजबाट तीनजना पाकिस्तानी नागरिक दुईवटा सुटकेश बोकेर विमानस्थलमा अवतरण गरेका थिए भने उनीहरूलाई रिसिभ गर्न जाँदा तीनजना नेपाली पक्राउ परेका हुन् ।

पाकिस्तानी नागरिकहरुको दुईवटा सुटकेश चेकजाच गर्ने क्रममा एउटा सुटकेसबाट ३ करोड अवैध भारतीय नक्कली मुद्रा बरामद भएको हो भने अर्को सुटकेसमा भएको रकम गन्ने काम भइरहेको स्रोतले जानकारी दिएको छ । पक्राउ पर्नेमा नेपाली नागरिक युनुस अन्सारी रहेका छन् । भने उनीबाहेक अरूको नाम खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्