Logo

कारलाई चिसो बनाइराख्‍न गाईको गोबरको कभर



Spread the love

८ जेठ, काठमाडौं ।भारतमा अहिले अत्यधिक गर्मी छ ।मानिसहरू गर्मीबाट बच्नका लागि अनेक किसिमका उपाय रचिरहेका भेटिन्छन्।

यसै क्रममा भारतको अहमदावादमा एउटा अनौँठो दृश्य देखिएको छ । ४५ डिग्री सेल्सियससम्मको गर्मीमा कार कुदाइरहँदा निकै गर्मी हुदा एक महिलाले तापक्रमलाई चिसो बनाउन तथा आफूलाई शितलमा राख्न कारलाई गोबरले पोतेका छन्।

फेसबुकमा रुपेश गौरङ् दाशले कारको फोटो राख्दै भनेका छन्,“आजसम्म मैले गाईको गोबरको यस्तो प्रयोग देखेको थिइँन ।” फेसबुकमा उक्त फोटो निकै नै भाइरल भइरहेको छ । दासका अनुसार उक्त कारको फोटो सेजल साहाको हो।

सामान्यतय गाईको गोबर घरको दैलो तथा भित्ता पोत्‍ने काम लाग्दथियो । जसले गर्दा चिसो मौसममा सुख्खा र गर्मी मौसममा चिसो बनाइराख्‍छ भन्‍ने मान्यता रही आएको थियो ।

प्रतिक्रिया दिनुहोस्