७ जेठ, काठमाडौँ l दाङमा प्रहरीले एक मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर १ पुतली बजारमा युनिक मेडिकल हल सञ्चालन गर्दै आएका चेतराम चौधरी रहेका छन् l इलाका प्रहरी कार्यालय गढवाले चौधरीलाई १८ महिने शिशुको उपचारमा लापरबाही गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।
नाबालक सुशान्तलाई निमोनियाले च्यापे पश्चात् मेडिकल लगियो र मेडिकल सञ्चालकले उपचारको क्रममा सुई लगाए तर इन्जेक्सनको विपरीत असर परेर झन् बिरामी भएका नाबालक शिशुलाई थप उपचारका लागी बुटवल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो l
प्रहरी प्रमुख गिरीराज भण्डारीका अनुसार पक्राउ परेका मेडिकल सञ्चालक चौधरीलाई अनुसन्धानमा लिइएको र उपचार सम्बन्धी लापरवाही कसुरमा मुद्दा दर्ता भइरहेको बताए l
‘
प्रतिक्रिया दिनुहोस्