Logo

प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भन्‍ने एक जना पक्राउ



Spread the love

६ जेठ, काठमाडौं । १० लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भन्दै सामाजिक सञ्‍जालमा टिप्पणी गर्दै हिड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो अपराध महाशाखा काठमाडौंको टोलीले सिन्धुपाल्चोक स्थायी घर भई डिल्लीबजार बस्दै आईरहेका लालबहादुर तामाङलाई पक्राउ गरेको छ ।

उनले ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हमला’ भन्दै सामाजिक सञ्‍जालमा लेखेको स्टाटसमा ‘दश लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिने’ भन्‍दै प्रतिक्रिया दिएका थिए । उनलाई साइबर अपराध मुद्दाअर्न्तगत कारबाही गरिने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्