Logo

म्यानचेस्टर युनाइटेड र पीएसजीले ताके लेवान्डोस्की



Spread the love

३ जेठ , काठमाडाैँ – जर्मन क्लब वायर्न म्युनिखका स्ट्राइकर रोबर्टो लेवान्डोस्कीलाई इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अनुबन्धको प्रस्ताव गरेको छ ।

वायर्नले थप एक वर्षका लागि मात्र अनुबन्ध सम्झौता थप्ने तयारी गरेपछि असन्तुष्ट रहेका लेवान्डोस्कीलाई युनाईटेड र पीएसजीले नजर लगाएको हो । वायर्नसंग लेवान्डोस्कीको सम्झौता सन् २०२१ सम्म रहेको छ । तर, लेवान्डोस्कीले भने क्लबसंग लामो सम्झौता गर्ने योजनामा रहेका छन् ।

लेवान्डोस्कीले युनाईटेड र पीएसजीको प्रस्ताव प्राप्त गरेको इन्ग्लिश म्यागजिन किकरले जनाएको छ । ‘यहिँ समयमा उनलाई युनाईटेड र पीएसजीबाट प्रस्ताव आएको हो ।’ म्यागजिनले लेखेको छ ।

पोल्याण्डका ३० वर्षीय स्ट्राइकर लेवान्डोस्की सन् २०१४ मा वायर्न आएका थिए । उनले वायर्नबाट २४० खेलमा १८९ गोल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्