२ जेठ, काठमाडाैँ – कालोपुलमा बुधबार राति श्रीमतीलाई एसिड छ्यापेको भनी पक्राउ परेका विष्णु भुजेलले अपराध सकार्दै बयान दिएको प्रहरीले जनाएको छ।
काभ्रे, धुलिखेलका भुजेललाई प्रहरीले काँडाघारीबाट पक्राउ गरेको हो।
उनले प्रहरीसँगको बयानमा ‘श्रीमती सँगै बस्न नमानेपछि त्यही रिसमा एसिड हानेको’ बताएका छन्।
मोटरसाइकल ग्यारेजमा काम गर्ने भुजेल र जेनी खड्काको छ वर्षअघि बिहे भएको थियो। उनीहरू दुई वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका थिए। दुई वर्षदेखि खड्काले छोरा पनि आफूसँगै हुर्काइरहेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्