१ जेठ, काठमाडाैँ – नारायण नगरपालिका–५ छातिकोटमा आफन्तको विवाहमा गएका युवाहरुको समूहबीच झगडा हुँदा मृत्यु भएका ३२ वर्षीय प्रेमबहादुर थापाको हत्या आशंकामा परेका २ जनालाई प्रहरीले हिजो पक्राउ गरेको छ ।
सोमबार राति झडपमा थापाको मृत्यु भएपछि फरार रहेका दुवैलाई प्रहरीले नारायण–७ टोड्के खोला नजिक जङ्गलबाट पक्राउ गरेको हो । थापाको हत्या भएसँगै फरार भएका पहलसिं सारु र दानबहादुर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।
सोमबार राति १२ बजे दोहोरो झडप हुँदा मृत्यु भएका थापाको घाँटीमा चोट देखिएको आफन्तले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्