२९ वैशाख, सप्तरी l
सप्तरीको सुरुङ्गा नगरपालिका-१ स्थित हस्पिटल चोकमा ट्रयाक्टरमा स्कुटर ठोक्किँदा एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा ३२ वर्षीय स्कुटर चालक प्रवीण चौधरी रहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत शनिवार कदमहा गाईघाट सडक खण्डको हस्पिटल चोकमा रोकिराखेको स.१त ५००२ नम्बरको ट्रयाक्टरमा गाईघाट हुँदै कदमहातर्फ आउँदै गरेको स.१०प ५८८७ नम्बरको स्कुटर ठोक्किन पुग्दा स्कुटर चालक चौधरी गम्भीर घाइते भएका थिए ।
घटना पश्चात् तत्काल उपचारका लागी लहानस्थित सप्तऋषि अस्पतालमा भर्ना भएका चौधरीको गत राती नै मृत्यु घोषणा गरिएको प्रहरीले जनाएको छ। साथै प्रहरीले ट्रयाक्टर र चालकलाई पनि नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्