अमेरिकी डाइभर्सिटी भिषा (डीभी) २०२० को नतिजा हेर्ने आधिकारिक वेबसाइटमा समस्या देखिएको छ। एकै पटक अत्यधिक ‘एक्सस’ भएपछि समस्या देखिएको युएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ काउन्सिलर अफेयरले ट्विट मार्फत जनाएको छ।
(dvlottery.state.gov) अमेरिकी सरकारको डीभी चिट्ठा नतिजा थाहा पाउने आधिकारिक वेबसाइट हो। मंगलबार राति नेपाली समयअनुसार ९ः४५ बजे नतिजा सार्वजनिक भएसँगै आवेदकहरुले सो साइट एक्सेस गर्न प्रयास गरिरहेका छन्। नतिजा चेक गर्न कठिनाइ अनुभव गरिरहेका आवेदकहरुलाई ढिलो गरी आज वा भोलि नतिजा चेक गर्न ब्युरो अफ काउन्सिलरले आग्रह गरेको छ।
ब्युरो अफ काउन्सिलरले भनेको छ, ‘जसका कारण केही आवदेकहरुले नतिजा जाँच गर्न अप्ठ्यारो अनुभव गरिरहनुभएको छ। हामी आज ढिलोगरी वा भोलि आफ्नो नतिजा हेर्न आग्रह गर्दछौं।
#DiversityVisa Applicants: The volume of applicants trying to access https://t.co/obmrkalQj1 is currently very high, and some applicants are experiencing difficulty attempting to check their status. You may wish to wait to check your status later today or tomorrow. #DV2020
— Travel – State Dept (@TravelGov) May 7, 2019
यसरी चेक गर्नुहोस् नतिजा
ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन। डिभी भर्नेहरुले सोझै https://www.dvlottery.state.gov मा गएर आफ्नो नतिजा हेर्न सक्छन्। अमेरिकाले हरेक वर्ष विभिन्न मुलुकबाट १ करोड देखि २ करोडसम्मले अनलाईन फारम भर्ने गरेकाहरु यही कार्यक्रम मार्फत लाखौं अमेरिका जाने गरेका छन् ।
०७५ असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुलाइएको थियो । डीभीका विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरू गर्नेछन् । सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दूतावासले जनाएको छ । अमेरिकी सरकारको इडिभी शाखाले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।