Logo

लिभरपुलका प्रशिक्षक योगर्नले गरे काउटिन्होको तारिफ



Spread the love

१९ वैशाख, काठमाडौं ।

लिभरपुलका प्रशिक्षक योगर्न क्लोपले क्लबका पूर्व खेलाडी फिलिप्पे काउटिन्होको तारिफ गरेका छन् । अहिले लिभरपुल जुन उचाईमा छ त्यसमा काउटिन्होको सहयोग रहेको क्लोपले बताएका छन् ।

क्लब छोड्दा काउटिन्होलाई केही समस्या भएको थियो । उनी सिजनको मध्यमा लिभरपुलबाट स्पेनिस महारथी क्लब बार्सिलोना पुगेका थिए । काउटिन्होले क्लब छोड्दा दुवैतर्फलाई राम्रो भएको प्रशिक्षक क्लोपले बताएका छन् ।

‘हामीले काउटिन्होलाई मिस गरेका छौं । किनकी उनी विश्वस्तरीय खेलाडी हुन् । मलाई उनीसँग काम गर्न मजा लाग्थ्यो,’ क्लोपले भने,‘ तर पनि हामीले उनी विना पनि खेल्यौं र हामीले निकै राम्रो गर्यो । पहिलो पटक उनी बार्सिलोना जान चाहेको बारे सोच्दा म उनी विना क्लबको कल्पना पनि गर्न सक्दैन थिए । तर, हामीले गर्यो । मलाई लाग्छ त्यो सम्झौता दुवै पक्षका लागि फाइदाजनक रह्यो ।’

प्रतिक्रिया दिनुहोस्