Logo

दक्षिण अमेरिकामा सुनको भण्डार



Spread the love

संसारमा ठाउँ ठाउँमा सुनखानी भेटिएको खबरहरु सुन्दै आएका छौ तर जमिनमुनि ६८० टन सुनको भण्डार भेटिनु भनेको कुनै सानो कुरा होइन ।

 

दक्षिण अमेरिकी मुलुक कोलम्बियाको काजामार भन्ने गाउँमा सुनको भण्डार नै फेला परेको छ तर अचम्मको कुरा के छ भने यस गाउँका मानिसहरुले उक्त ६ सय ८० टन सुन उत्खनन गर्नमा रोक लगाएका छन् ।

सुन उत्खनन गर्दा गाउँलेहरुको जीवन नै समाप्त हुने भन्दै सुन उत्खननमा रोक लगाइएको हो । यो दक्षिण अमेरिकामै अहिलेसम्म फेला परेकोमध्ये सबैभन्दा ठूलो सुनखानी हो ।

प्रतिक्रिया दिनुहोस्