१८ वैशाख, बर्दिवास ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी आर्थिक वर्षको बजेटबाट ज्येष्ठ नागरिकको भत्ता बढेर ५ हजार हुने बताएका छन् ।
बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय उदघाटन गर्दै उनले भत्ता मासिक पाँच हजार पुर्याउने कार्य भईरहेको जानकारी दिए ।
नेकपाले चुनावमा भत्ता बढाउने प्रतिबद्धता गरेपनि भत्ता नबढेपछि सरकारको आलोचना भएको थियो ।
सरकारले यसपटकको बजेटमा कृषी र उत्पादनमा जोड दिने गरी नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्