Logo

पिएसजीका प्रशिक्षकद्वारा नेयमारको आलोचना



Spread the love

 

१७ वैशाख, काठमाडौं ।
पेरिस सेन्ट-जर्मेंनका प्रशिक्षक थोमस तुचेलले आफ्ना स्टार खेलाडी नेयमारलाई लिएर केही आलोचना गरेका छन्। फ्रेन्च कप फाइनलमा समर्थकसँगको घटनामा प्रतिकृया दिँदै उनले नेयमारको आलोचना गरेका हुन्।

फेन्च कप फाइनलमा २-० को अग्रता कायम राख्न नसक्दा २-२ को बराबरी पछि पिएसजी रेन्नेसविरुद्ध पेनाल्टीमा ६-५ ले पराजित भएको थियो। खेलपश्चात भिडियो खिच्दै गरेका एक समर्थकमाथी आक्रोशित हुँदै नेयमारले हात हालेका थिए। उक्त घटनामा बोल्दै तुचेलले नेयमारको उक्त व्यवहार प्रति आफै अप्रत्याशित रहेको जनाए ।

‘खेलाडीले समर्थकसँग झगडा गर्न मिल्दैन’, तुचेलले भने, ‘हारपछि सबैमा आक्रोश र निराशा हुन्छ तर हारलाई अंगाल्दै समर्थकलाई इज्जत गर्न जरुरी छ ‘, उनले थपे।

सो हारपछि पिएसजी लगातार ४ वर्षपछि फ्रेन्च कप उपाधी जित्नबाट बन्चित भएको हो ।

प्रतिक्रिया दिनुहोस्