१६ वैशाख,काठमाडौँ l
कञ्चनपुर नगरपालिका-४ कृष्णपुरका लोकबहादुर देउवाको वन मौरीको मह निकाल्ने क्रममा रूख चढदै गर्दा खसेर मृत्यु भएको छ।
सामुदायिक वनमा मौरीको मह निकाल्ने क्रममा देउवा रूखबाट खसेर घाइते भएपछि एम्बुलेन्स मार्फत उपचारका लागि लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।
मौरीको मह निकाल्नका लागि गएका देउवा डोरी मार्फत रूखमा चढदै गर्दा चिप्लिएर भुइँमा बजारिँदा मृत्यु भएको बताइएको छ l
सेती अञ्चल अस्पतालमा परीक्षणपश्चात मृतक देउवाको शव आफन्तलाई जिम्मा लगाइएको छ।
प्रतिक्रिया दिनुहोस्