Logo

१७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गर्न खोज्ने पक्राउ



Spread the love
सांकेतिक तस्बिर

१५ वैशाख, नवलपुर l

नवलपुर प्रहरीले १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गर्न खोज्नेलाई पक्राउ गरेको छ l

किशोरीको परिवारले दिएको उजुरी अनुसार कावासोती नगरपालिका ११ निवासी २६ वर्षीय आशाराम माझीलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।

किशोरीको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको छ । दोषी माझिलाई जबरजस्ती करणी आरोप अन्तर्गत अनुसन्धान अगाडि बढाएको रानाभाटले बताए ।

प्रतिक्रिया दिनुहोस्