१२ वैशाख, काठमाडौं ।
वैशाख १५ गतेदेखि जेठ ८ गतेसम्म सञ्चालन हुने कक्षा १२ र ११ को परीक्षालाई व्यवस्थित तथा मर्यादित बनाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई २२ बुँदे निर्देशन दिएको छ ।
शिक्षामन्त्री पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै सबै निकाय जिम्मेवार भएर हालै कक्षा १० को परीक्षामा जस्तो अमर्यादित कार्य हुन नदिन राष्ट्रिय परीक्षा बोर्डलाई २२ बुँदे निर्देशन दिएको हो ।
परीक्षा सम्बन्धि महत्वपूर्ण सुचना दिन र चाहेको अवस्थामा मन्त्रालयलाई समेत आवश्यक जानकारी दिन तुरुन्त परीक्षा बोर्डमा सुरक्षाकर्मी सहितको कन्ट्रोल कक्षको स्थापना गरि नियमित सुचना पाउने व्यवस्था गर्नुपर्ने निर्देशन मन्त्रालयले दिएको छ।
प्रतिक्रिया दिनुहोस्