Logo

मालपोतका कार्यालय सहयोगी घुस लिदै गर्दा पक्राउ



Spread the love

१२ वैशाख, बुटवल ।

रूपन्देही भैरहवाका मालपोत कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरी घुससहित पक्राउ परेका छन् ।

सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि उपलब्ध गराउने भन्दै सेवाग्राहीसंग २० हजार घुस रकम लिएको भेटिएको छ । बुटवलबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो ।

चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको अख्तियार बुटवलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्