१० वैशाख,काठमाडौँ ।
मंगलबार बिहान रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा बोलेरो जीपले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । ग २ च ३०९४ नं को जीपले ठक्कर दिँदा इस्लामपुर निवासी ७५ वर्षीया सकिना मियाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ ।
मुख्य सडकबाट भित्री सडकमा जाने क्रममा जीपले मियाँलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने चालक र गाडी प्रहरले नियन्त्रणमा लिईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्