१० वैशाख,काठमाडौँ ।
आफूहरुका माग सम्बोधन गर्ने गरी संघीय शिक्षा ऐन बनाउन अस्थायी शिक्षकहरुले माग गरेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले ऐनमार्फत् फेरि आन्तरिक प्रतिस्पर्धा गराई आफूहरुका माग सम्बोधन गर्नुपर्ने माग राखेका हुन् ।
माग सम्बोधन गर्न चासो नदेखिएको र अवैज्ञानिक तरिकाले परीक्षा लिएर आफूहरुलाई हटाउन खोजेको उनीहरुको आरोप छ ।
सरकारले देशभरका २६ हजार अस्थायी शिक्षकहरुलाई स्थायी बनाउन गत असारमा परीक्षा लिएको थियो । जसमा १३ हजार शिक्षक अनुत्तीर्ण भएका थिए । अहिले तिनै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्