Logo

अस्पतालमा झुन्डिएको अवस्थामा एक नर्सको शव भेटियो



Spread the love

८ वैशाख, काठमाडौँ।
आइतबार जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव झुन्डिएको अवस्थामा भेटिएको छ । हस्पिटलको आफ्नै शौचालयमा झुन्डिएको अवस्थामा महोत्तरी निवासी २४ वर्षीय रक्षा आलेको शव फेला परेको हो ।

प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनले राति १ बजे शौचालयमा भित्रैबाट ढोका बन्द गरी पासो लगाएकी थिइन् ।

प्रहरीका अनुसार मुचुल्का उठाइ शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्