७ बैशाख , काठमाडाैँ – बाग्लुङमा एक बालकको जलेर ज्यान गएको छ । आगलागीमा परी निसीखोला गाउँपालिका २ छरछरेका विमल सुनारका छोरा ३ वर्षीया विशालको ज्यान गएको जिल्ला प्रहरी कार्यलय बाग्लुङले जनाएको छ ।
शनिबार आफनै गोठमा आगलागी हँदा विशालको जलेर ज्यान गएक हाे । गोठमा बालबालिकाहरु मात्रै रहेका बेला आगोलागी भएको थियो । आगोलागीबाट गोठ जलेर पुर्ण रुपमा नष्ट भएको स्थानीयले बताएका छन् ।
गोठ जल्दा ३ लाख बराबरको क्षति भएको छ । इलाका प्रहरी कार्यालय झिवाखोलाको प्रहरी टोली घटनास्थल पुग्दा बच्चा जलिसकेको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्