७ बैशाख, काभ्रे – बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा आज बिहान बा३ख ५३९६ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको उक्त टिपर सडकबाट अन्दाजी ३०० मिटर तल खोचमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
टिपर धनी एवं चालक धादिङको थाक्रे गाउँपालिका–७ का ४५ वर्षीय केदारबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्