६ वैशाख, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध शक्तिको देवीको रुपमा मानिने नवदुर्गा नाचको अवलोकन गर्ने भएकी छिन् । नवदुर्गा देवगणले केहीवर्ष अघिदेखि आग्रह गर्दै आए पनि त्यो अवसर भने भोलिका लागि जुरेको छ ।
भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा राष्ट्रपति भण्डारीले दिउँसो २ बजेदेखि ४ बजेसम्म नवदुर्गा नाच अवलोकन गरी पूजा एवं द्यो बोयकेगुको अवलोकन गर्ने भएको संघका अध्यक्ष रामप्रसाद प्रजापतिले जानकारी दिए।
कार्यक्रममा भक्तपुरको कला, संस्कृति, धार्मिक, परम्परा, बाजागाजा, झाँकीलगायतका विभिन्न प्रकारका प्रस्तुत हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्