Logo

लोपोन्मुख अवस्थामा रहेको गिद्ध डोटीमा अत्याधिक



Spread the love

 

५ वैशाख, काठमाडौँ।
कुनै बेला निक्कै कम मात्रामा देख्न पाइने गिद्ध हिजोआज यहाँका जिल्लामा प्रशस्तै देखिन थालेका छ । जिल्लामा गिद्धको सङ्ख्या कति छ भनेर गणना नभएपनि अहिले ३०० देखि ६०० मिटरको उचाइमा प्रशस्त देख्न पाइन्छ ।

लोपोन्मुख अवस्थामा पुगेको हिमाली गिद्ध खप्तड राष्ट्रिय निकुञ्जलगायत अन्य उच्च लेकाली क्षेत्रमा अहिले प्रसस्त देख्न पाइन्छ। पर्याप्त आहारा, वासस्थानको संरक्षणलगायत पशुमा डाइक्लोफेनेक नामक औषधि प्रयोग नगरिएकाले यहाँ हिमाली गिद्धको सङ्ख्या वृद्धि भएको कार्यालय सहायक प्रमुख संरक्षण अधिकृत शाहले बताए ।

गिद्धको सङ्ख्या वृद्धि भएसँगै गाउँ घरमा फालिएका सिनो खाएर वातावरण सफा सुग्घर बनाउने गरेको खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।

नेपालमा हाडफोर, सेतोगिद्ध, डङ्गर, सानोखैरो गिद्ध, हिमाली गिद्ध, खैरोगिद्ध, राजगिद्ध, सुनगिद्ध र लामोठुँडे गिद्ध गरी नौ प्रजातिका गिद्ध पाइने गरेको निकुन्ज कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्